सुनको भाउ घट्यो

Posted on: 23 May, 2019

जेठ ९, काठमाडौं । सुनको भाउ हिजोको तुलनामा आज केहि घटेको छ  । सुन बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको थियो भने छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ । चाँदी बुधबार तोलामा ७०५ मा कारोबार भएको थियो भने आज चाँदी तोलामा ७०० मा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!