स्वास्थ्य परीक्षणमा एकाधिकार मलेसियालाई अमान्य

Posted on: 24 May, 2019

जेठ १०, काठमाडौं । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकार समेत सकारात्मक देखिएको छ । 

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम.कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक देखिएको हो ।

नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया भइरहेका बेला मलेसिया सरकारले समेत नेपाल सरकारले गरिरहेको नयाँ संस्था छनोट प्रक्रियालाई सकारात्मक रुपमा लिएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!