भारतमा अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

Posted on: 24 May, 2019

भारतमा शुक्रबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ ।  

सुरातको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

 ‘लक्ष्यशिला कम्प्लेक्स’मा रहेको कोचिङ् सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेको समाचारमा जनाइएको छ ।  

“आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने देखिएको छ,” सुरातका प्रहरी प्रमुख सतिश कुमार शर्माले भन्नुभयो ।  

 घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ । 

मोदीले ट्वीटरमा लेख्नु भएको छ,“सुरातमा भएको अत्यन्त दुखद घटना थाहा पाएर मलाई विक्षिप्त बनाएको छ, मृतकप्रति मेरो हार्दिक श्रद्धान्जली छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

 उहाँले घटना भएको गुजरात प्रदेशको सरकारलाई पनि प्रभावितहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको पनि उल्लेख गर्नुभएको छ । 

गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गर्दै आगलागीमा परी मृत्यु भएका र घाइते भएकाहरुप्रति दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी गुजरातका मुख्यमन्त्री विजय रुपानीले समेत घटनाप्रति दुःख व्यक्त गर्दै घटनाका बारेमा तत्काल अनुसन्धान गर्न र आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार चार लाख रुपँैया राहत स्वरुप उपलब्ध गराउने घोषणा पनि गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!