अनामनगर र सुकेधारामा बिस्फोट (अपडेट) : तीन जनाको मृत्यु, ५ घाइते

Posted on: 26 May, 2019

जेठ १२, काठमाडौं । राजधानीको सुकेधारा र अनामनगरमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा परि ५ जना घाइते भएका छन्। 


आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । 

अनामनगरमा १ जना र सुकेधारामा ४ जना घाइते भएका छन् उनीहरुको  ओम अस्पतालमा उपचार भइरहेको  प्रवक्ता पोखरेलले बताए। अहिले घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिसकेको  छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!