उपत्यकामा बन्द अवज्ञा गर्नेलाई लक्षित विप्लव समूहको धम्किपूर्ण पर्चामा के छ ?

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौँ | विप्लब समूहको नेपाल बन्दको कारण आज देशभर अधिकांश जिल्ला तथा सहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । विप्लब नेतृत्वको नेकपाले आफ्नो युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोध स्वरूप आज घोषणा गरेको नेपाल बन्दले अन्य बेलामा नछुने उपत्यकालाई समेत प्रभावित बनाएको छ ।

त्यसो त काठमाडौँका बिभिन्न स्थानमा आइतबार अपराह्न बम बिष्फोट हुँदा ४ जनाको मृत्यु भएकोछ त्यस्तै केहि घाइते समेत भएका छन् । 

आइतबारनै कोटेश्वरबाट बम राख्ने तयारीमा रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

विप्लब पार्टीले बन्दको अवज्ञा गरे जनकारबाही गर्ने सहितको चेतावनी सहितको पर्चा आइतबार उपत्यकाका बिभिन्न स्थानमा फेला परेको थियो । नेपाल कम्युनिष्ट पार्टी उपत्यका विशेष ब्युरो उल्लेख पर्चामा राज्य आतंक र नागरीक हत्याको विरुद्ध जेठ १३ गतेको नेपाल बन्द सफल पारौ भन्दै चारबुँदे अपिल गरिएको छ ।

अपिलमा निम्न कुरा उल्लेख गरिएको छ: 

१) फासीवादी सरकारको दमन र राज्य आतंङकको प्रतिरोध गरौँ ।

२) सम्पुर्ण शैक्षिक संस्था, कार्यालय, उद्योग, कलकारखाना पुर्ण रुपले बन्द गरौँ ।

३) सार्वजनिक तथा निजि यातायात, सवारी साधन बन्दको दिन नचलाऔं ।

४) नेपाल बन्दको अवज्ञा गरिएको भेटिएमा उचित समयमा जनकारवाहीको सामना गर्नुपर्नेछ ।


भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको थियो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा गत मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

घाइते घिमिरेको उपचारको क्रममा जेठ ८ गते बिहान ३:३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध गरेपछि घिमिरेलाई उपचारको लागि धरान पुर्याउन ढिला भएको प्रहरीले बताएपनि विप्लब समूहले भने प्रहरीले जानी-जानी हत्या गरेको आरोप लगाएको छ । घिमिरेलाई गोली लागेको स्थानबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लागेको थियो, त्यसपछि भैँसीपङ्खामा सडक अवरोध भएपछी च्याङ्ग्रेबाट एम्बुलेन्स मगाएर अस्पताल पठाइएको थियो । बिभिन्न कारणले घिमिरेलाई अस्पताल पुर्याउन समय लागेको कारण धेरै रक्तश्राव हुँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!