काठमाडौंको गोकर्णमा बस दुर्घटना

Posted on: 20 Jun, 2019

असार ५, काठमाडौँ । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ ।

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!