आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

Posted on: 16 Jul, 2019

असार ३१, काठमाडौँ | मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा भन्दा केहि तल अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय  अवस्थामा रहेको मैसम पूर्वानुमान महाशाखाले जनाएको छ |  

 महाशाखाका अनुसार आज देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलिको अवस्थामा रहेको छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य भू-भागका र पूर्वी भू-भागका केहि स्थानहरुमा मनसूनी वर्षा भईरहेको छ । 

मंगलबार दिउसो देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२  स्थानमा भारि बर्षा हुने सम्भावना छ। 

मंगलबार राति भने देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।आगामी २४ घण्टामा देशको पहाडि तथा तराईका १-२ स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेकोले सचेत रहन मौसम तथा जलपूर्वानुमान महाशाखाले आग्रह गरेको छ | 

 भारि बर्षाको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको छ | साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सतर्कता अपनाउनुपर्ने महाशाखाको अनुरोध छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!