स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

Posted on: 18 Jul, 2019

साउन २, काठमाडौँ  | स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् | लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको र  'आरक्षण बचाउ ' भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोगको परिक्षा हुनु भन्दा एक दिन अगाडी प्रदर्शन  गरेका हुन् | आयोगले गत असारमा विभिन्न स्थानीय पदका लागि  ९१३१ कर्मचारी माग गरेको थियो ।

प्रदर्शनकारीले गरेका उक्त प्रदर्शनका कारण केहीबेर  तनावको स्थिति सिर्जना भएको थियो | सवारी साधन  आवागमनसमेत प्रभावित भएपछि  प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । अहिले भने अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ | 

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् । सर्वोच्च अदालतले  विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!