आगामी २४ घण्टाको मौसम कस्तो रहने छ ? हेर्नुहोस

Posted on: 23 Jul, 2019

साउन ७, काठमाडौँ  | मनसुन न्यून चापिय रेखा  नेपालको  दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि  स्थानहरुमा वर्षाको सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  |

महाशाखाका  अनुसार मंगलबार  देशका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु-भागमा आंसिक देखि सामान्य वदली भई थोरै  स्थानहरुमा वर्षा भईरहेको छ | 

देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ  वर्षा हुने सम्भावना छ |  देशको पुर्व र मध्यका केहि स्थानमा र पश्चिमका थोरै स्थानहरुमा  भारि वर्षा हुने सम्भावना छ । 

आगामी २४ घण्टामा पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ  |  देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारी वर्षाको सम्भावना भएको  कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध  छ |  सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!