अमेरिकामा नेपाल भ्रमण शुरु

Posted on: 23 Jul, 2019

साउन ७, काठमाडौँ । (रासस) । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । 

प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित  आवासीय नेपाली सङ्घले जनाएको छ  ।

पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका गैरआवासीय नेपाली सङ्घअन्तर्गत सङ्गठित उनीहरूले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

यसै सिलसिलामा जुलाई २१, २०१९ का दिन आयोजित उक्त सङ्घको मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले आयोजना गर्नुभएको ‘भिजिट नेपाल २०२० अभियान’ नेपाली मूलका ‘स्टेट डेलिगेट’ ह्यारी भण्डारी र महावाणिज्यदूत प्रेमराजा महतले  ‘आफू पनि नेपाल जाऔँ, अरूलाई पनि नेपाल पठाऔँ’ भन्ने नारासहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । 

उक्त च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई सो अभियानको संयोजक चयन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!