सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान उडाउने

Posted on: 17 Aug, 2019

साउन ३२, काठमाडौं ।‘नखेल्नु है जुवा र तार, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चिर्चित थियो । जुवानको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेको दृष्टान्त धेरै छन् । 

सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ, ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आन्दानी गर्छिन् तर यसरी दुःख गरी कमाएको पैसाले उनका  श्रीमानलाई खेल्नै पुग्दैन । उनका श्रीमान् रामकृष्ण वानु जुवा खेल्दै गरेको अवस्थामा पटक–पटक पक्राउ परिसकेका छन् तर पनि जुवाको लत हटेको छैन ।

श्रीमान्को जुवाको लतबाट आजित लक्ष्मी भन्छिन्, ‘मैले एक छाक मिठो खान र एक सरो राम्रो लुगा उलगाउन पाएको छैन । उहाँ जुवामा पैसा सक्नुहुन्छ ।'

यो समाचार गोरखापत्रमा देवबहादुर कुँवरले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!