रहिनन् वरिष्ठ कलाकार सुभद्रा अधिकारी

Posted on: 17 Aug, 2019

 साउन ३२, काठमाण्डौ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । उहाँको आज बिहान डल्लुमा रहेको  आफ्नै घरमा निधन भएको हो ।  केही समयदेखि उहाँ दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

२००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । ६ वर्षको उमेरमा उहाँले नेवारी नाटक ‘कचिमचा’ अर्थात्  ‘काँचो माटो’ बाट अभिनय यात्राको सुरुवात गर्नुभएको थियो ।


उहाँले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजूलगायत छन् । खासगरी उहाँले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् ।

शनिबार दिउँसो १ बजेपछि उहाँलाई  पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिने र आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!