आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 18 Aug, 2019

भदौ १, काठमाडौँ  | आज सुनको मूल्य घटेको  छ  | शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको  थियो भने  तेजाबी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको थियो  | आज प्रतितोला ५ सय घटेर छापावाल सुनको मूल्य ७१ हजार काय रहेको छ | त्यस्तै तेजाबी सुन पनि प्रतितोला आज ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यसैगरी, चाँदीको मूल्य  पनि घटेको छ | आज प्रतितोला ८३० मा कारोबार भइरहेको छ | शुक्रबार सबै भन्दा महँगो ८ सय ४० मा कारोबार भएको थियो भने आज तोलामा १० रुपैयाँ घटेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!