रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

Posted on: 18 Aug, 2019

भदौ १, काठमाडौँ | रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी परेको छ | पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकाहुन् | पुडासैनीकि श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको प्रहरीले जनाएको छ |

सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन जाने प्रहरीको भनाई छ | पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। 

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!