महिलालाई तीज बिशेष उपचार प्याकेज

Posted on: 18 Aug, 2019

भदौ १,काठमाडौं । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा महिलाको होलबडी चेक अपमा विशेष छुट दिने भएको छ । ‘तीज स्पेशल वुमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

परिवारको स्वास्थ्यका लागि महिलाको स्वास्थ्य महत्वपूर्ण भएको हुँदा तीजको अवसरमा महिलाहरुको स्वास्थ्यमा पनि ध्यान जाओस् भन्ने उदेश्यका साथ होलबडी चेकअपमा ५० प्रतिशत छुट ल्याएको अस्पतालले जनाएको छ ।

यो छुट भदौ १ देखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । स्पेशल छुटमा सुगर, सीबीसी,युरिन, ईसीजी, छातीको एक्सरे, स्त्री रोग, दाँतलगायत झण्डै २० प्रकारका भन्दा धेरै थरीका स्वास्थ्य परीक्षण गर्न पाइनेछ । अन्य समयमा १० हजार ५ सय रुपैयाँमा लाग्ने होलवडी चेकअपमा ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा भने ५ हजार २ सय ५० रुपैयाँमा सेवा लिन सकिने छ ।

यसैबीच ह्याम्स अस्पतालले रुपटप हेलिप्याट सहित एयर एम्बुलेन्स सेवा समेत शुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर अस्पतालको छतमा निर्मित हेलिप्याडमा एयर एम्बुलेन्स सेवा थालिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!