राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत फेला

Posted on: 20 Aug, 2019

भदौ ३, काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् । आयोगका सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!