रवि र युवराजलाई फेरि किन थपियो पाँच दिनको म्याद ? यस्तो छ कारण

Posted on: 20 Aug, 2019

भदौ ३, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई फेरी पाँच दिनको म्याद थप गरि अनुसन्धान जारी गरिएको छ । मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश केशव अधिकारीको तीन नम्वर इजलासमा इजालासमा भएको बहसमा पाँच दिनको म्याद थप गर्ने विषयमा अदालतले अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले पक्राउ परेका लामिछाने र अन्य दुई जनासँग सोमबार वयान लिएको थियो ।

चितवन जिल्ला अदालतले प्रहरीले प्रस्तुत गरेका प्रमाणहरुका आधारमा थप अनुसन्धान गर्न योग्य छ भनी स्वीकार गरेपछि उनीहरुलाई थप पाँच दिनको म्याद थप गरिएको हो । यो बीचमा पोस्टमार्टमको पूर्ण प्रतिवेदन पनि चितवन पुगिसकेको छ । डिजिटल फरेन्सिक ल्याबबाट मृत्यु भएका शालिकराम पुडासैनीको मोबाइलबाट भेटिएको भनिएको भिडियोको रिपोर्ट पनि आएको छ । 

शालिकरामले नाइलनको डोरी किन्न गएको पसलको सिसिटिभी फुटेज प्रहरीले प्राप्त गरेको समाचार पनि आएका छन् । आरोपीहरुको बयान अनुसार थप अनुसन्धानका लागि समय चाहिने आधार अदालत सामु पेश गरेपछि अदालतले थप पाँच दिनको म्याद दिएको हो । वादी पक्षले थप १० दिनको म्याद माग गरेपनि अदालतले पाँच दिनको मात्र म्याद दिएको हो । 

अदालतले न्यायिक हिरासतमा पठाइसकेपछि यो मुद्दा सरकार वादी मुद्दा बनेको छ । अब अनुसन्धानका प्रत्येक पक्षमा सरकारी वकिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्रहरीको भूमिका भने त्यसपछि सहयोगी मात्र हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!