भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन

Posted on: 24 Aug, 2019

भदौ ७, नयाँ दिल्ली, ।  (रासस /एएनआई) – पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उहाँको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुग्नु भएको थियो । 

जेट्ली  अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना हुनु भएको थियो ।  पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी हुनु भएको थियो । उहाँले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उहाँ सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्रीमा नियुक्त हुनु भएको थियो । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गर्नुभएको थियो । उहाँको गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!