साउदीमा ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

Posted on: 14 Sep, 2019

भदौ २८,  साना, यमन, (रासस/सिन्ह्वा) । यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ ।

समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दावी गरेका हुन् ।

साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वस्थित बुक्यापस्थित उक्त तेल कम्पनी र खुराइस तेल फार्ममा आक्रमण भएको र यसका कारण कम्पनीलाई ठूलो क्षति भएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ । 

सरकारी समाचारमाध्यमका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । स्थानीय समयानुसार बिहान ०४ बजे सुरक्षा टोलीले दुई तेल स्थलमा (ड्रोनका कारण शुरू भएको) आगो निभाउन सुरक्षाकर्मीहरूलाई खटाइएकोसाउदी प्रेस एजेन्सीले जनाएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!