काठमाडौँको बुढानिलकण्ठबाट दिउसै ट्याक्सी चालक लुटिए

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट आइतबार विहान एक ट्याक्सी चालक लुटिएका छन् | काठमाडौं महाँकाल बस्ने ओखलढुङ्गाका बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ |

सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए | महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले तामाङको ट्याक्सी सामाखुशीमा फेला पारेको जनाएको छ ।

लुटपाटमा संलग्न समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!