पत्रकार सम्मेलनमै ज्ञानेन्द्र शाही माथि हातपात !

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ |  सामाजिक अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण एक घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए ।

तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेटमात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले कुपण्डोलमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा आफूलाई पत्रकार भन्दै प्रश्न सोधिरहेका युवाले शाहीलाई हात हालेका हुन् । पत्रकार सम्मेलनमा प्रहरी पनि प्रवेश गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!