बस पल्टीदा एकको मृत्यू, ५ जना घाईते

Posted on: 18 Sep, 2019

दान बहादुर बुढा | असोज १, मुगु | जुम्ला जिल्ला सिन्जाबाट सदरमुकाम खलङ्गा बजार जाँदै गरेको बस पल्टीदा एकको मृत्यू भएको छ भने ५ जना घाईते भएका छन् ।


जुम्ला र कालिकाट जिल्लाको सिमाना नजिक पर्ने कालिकोट जिल्लाको तिलागुफा नजिकै ना ३ ख ७६६४ नम्बरको बस पल्टीदा जुम्ला जिल्ला सिन्जा गाँउपालिकाका नन्द बहादुर शाहीको मृत्यू भएको छ । उक्त घटनामा घाईतेहरुका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३० झ्यारि गाँउकि जुनमति रावत, सोही गाँउ बस्ने लालदेबी रावल, जुम्ला जिल्ला चन्दनाथ नगरपालिका ९ बस्ने छाया उपाध्याय, गर्भ कन्य उपाध्याय र अछाम ढकेरी गाँउपालिकाका ३५ बर्षका डिल्ली भुल रहेका छन । 


घाईतेहरुको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा उपचार भई रहेको जुम्ला जिल्लाका प्रहरी प्रमुख (डिएपी)लाल बहादुर धामीले बताएका छन् ।

जिल्लाबाट प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे र प्रहरी ईन्सीपेक्टर सहितको टोली घटनास्थल तिर गएको डिएसपि  धामीले बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!