जापानमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 18 Sep, 2019

असोज १,  टोकियो (रासस/एएफपी) । जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

लामो चुच्चो भएको विशेष प्रकारको माछा मार्न उक्त डुङ्गाको प्रयोग गरिएको थियो । यो माछा पछिल्लो समय जापानको तटीय जलक्षेत्रमा पाउन कठिन हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!