संविधान दिवसको अवसरमा विद्युतीय बस सुन्दर यातायातले दियो निःशुल्क सेवा

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौं | आज असोज ३ गते संविधान दिवसको अवसरमा बिदुतीय बस सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ | कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीले जानाएको छ |

संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा विद्युतीय बसमा यात्रुलाई निःशुल्क यात्रा गराए गराएको र यस बस प्रति नागरिकको सकारात्मक भाव जागृत होस् भन्ने उदेशेका साथ् निशुल्क सेवा गरेको कम्पनीले जानाएको छ |

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!