ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

Posted on: 20 Sep, 2019

असोज ३ जलालाबाद, अफगानिस्तान (रासस -सिन्हवा)  । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । 

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!