मनाङ एयरले थप्यो नयाँ हेलिकप्टर, आजबाट व्यवसायिक उडान

Posted on: 14 Oct, 2019

असोज २७, काठमाडौं । मनाङ एयर प्रालिले आजदेखि व्यवसायिक उडान भर्ने गरि नयाँ हेलिकप्टर थपेको छ । मनाङ एयरले फ्रान्समा बनेको अत्याधुनिक ‘एएस ३५० बी ३ ई’ हेलिकप्टर थपेको हो ।

यस हेलिकप्टरलाई नागरिक उड्डयन प्राधिकरणले ९ एन-एएनजे कलसाइन दिएको छ । यो एयरबस कम्पनीको हेलिकप्टर हो । १ वैशाख २०७६ मा लुक्ला विमानस्थलमा समिट एयर दुर्घटनामा पर्दा मनाङको हेलिकप्टरमा पनि क्षति भएको थियो । उक्त होलिकप्टर कामै नलाग्ने गरी बिग्रिएपछि कम्पनीले नयाँ हेलिकप्टर थपेको हो । 

अब मनाङसँग दुईवटा हेलिकप्टर पुगेका छन् । यी हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्छन् । हेलिकप्टरहरु पर्यटकीय सेवा, दृष्यावलोकन तथा आकस्मिक उद्दारमा प्रयोग हुने कम्पनीले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!