नवलपरासीमा स्कूलबसको ठक्करबाट एक बालिकाको मृत्यु, पुरुषको शव फेला

Posted on: 15 Oct, 2019

दयाराम आचार्य, असोज २८, कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो । 

विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

शव फेला

नवलपरासीको देवचुलीमा आज एक पुरुषको शव फेला परेको छ । देवचुली नगरपालिका–१६ रजहर चोकस्थित प्रतिक्षालयमा तनहुँको रिसिङ गाउँपालिका–६ का ५५ वर्षीय खुमबहादुर विकको शव फेला परेको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!