अनिश्चित बूढीगण्डकीः कर उठाको उठायै

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौं । बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो । 

 उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्ने/नबन्ने अत्तोपत्तो छैन । सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन । 

आयल निगमका अनुसार घोषणा भएदेखि हालसम ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ । पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२/७३ देखि ‘स्वच्छ उर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् अयोजना’ का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!