एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति दाहालको असन्तुष्टि

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौं । सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् । 

एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण गरेका छन् । 

पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएको विकृतिको आलोचना गरेका हुन् । नेकपा चितवनले आयोजना गरको चियापान कार्यक्रममा उनले पार्टीभित्रका बेथितिको चर्चा गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल ढकालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!