‘बाघे’ डन पक्राउ

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौँ | नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो । 


महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी समेत गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!