महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, १४ महिला र १८ पुरुष पक्राउ

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधि गर्दै रहेका ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ महिला र १८ पुरुष रहेका छन् ।

प्रहरीले पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकाहरुको स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेको भन्दै प्रहरीले उनीहरुको परिचय नखुलाएको जनाएको छ ।

अपरेसनका क्रममा टोखा नगरपालिका-१० बाट, टोखा नगरपालिका अन्तर्गत पर्ने भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जना सहित दुई लाख ४ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

त्यस्तै टिचिङ हस्पिटल पछाडि कान्ति मार्गमा किराना पसल चलाउने गीता शर्मा पनि पक्राउ परेकी छन् । उनको साथबाट ३२ प्याकेट पटका बरामद गरिएको प्रहरीले जनाएको छ । थप जानकारी आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!