सोमबार दुई अर्ब १० करोडको टे«जरी बिल बिक्री हुने

Posted on: 08 Nov, 2019

कात्तिक २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिको टे«जरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही कात्तिक १८ गते रु एक अर्ब ६६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!