द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

Posted on: 12 Nov, 2019

कात्तिक २६, काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ ।

सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरु आफैँ निर्माण गर्ने भएको हो ।

विवादमा तानिएको योजना प्रमुखको कामबाट आयोजना ढिलो हुँदै गएपछि प्रधानसेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणमा सेना आफैँले काम गर्नेछ ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!