उद्योगि रूप ज्योति रिहा

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | चर्चित उद्योगि रूप ज्योति हिरासतमुक्त भएका छन् | महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन् |  जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए |

उनी ठगि मुद्दामा पक्राउ परेका थिए | उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो | मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा ‘सहमति’ भएपछि प्रहरीले छोडेको हो |

त्यही जाहेरीका आधारमा सर्वोच्च अदालतले पक्रन अनुमति दिएपछि प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन विमानलस्थलबाट पक्राउ गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!