बहुविवाह मुद्दामा शिल्पा पोखरेल रिहा

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् | बहु विवाह मुद्दामा शुक्रबार  काठमाडौं जिल्ला अदालतले पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो |

न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए | बहुविवाहको मुद्दामा उनि बिरुद्द अदालतले पक्राउ पुर्जी जारि गरेको थियो | पक्राउ पूर्जी जारी भएपछि पोखरेल शुक्रबार अदालत पुगेकी थिइन् |

फिल्म निर्माता छविराज ओझा र पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह मुद्दा हालेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!