आसामको वेश्यालयबाट सात नेपालीको उद्धार

Posted on: 19 Nov, 2019

मङ्सिर ३,एजेन्सी | भारतको आशाम सिल्चारस्थित एक वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ | नेपालमा रहेको गैरनाफामुलक संगठन, शक्ति समूहको नेतृत्वमा उद्दार भएको हो | शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो |

उद्दार गरिएका तजनामध्ये चारजना नाबालिग र तीनजना २० वर्ष मुनिका रहेको शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिलिपल कोइरालाले जानकारी दिए | उनका अनुसार ‘जुलाई १४ तारिखमा एक किशोरीको उद्धार गरिएपछि यो वेश्यालयमा छट्पटाइरहेका उनीहरुलाई उद्धार गर्न सम्भव भएको हो ।’

‘यी सबै सातजनामध्ये कतिलाई राम्रो काम दिलाउने प्रलोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको थियो,’ कोइरालाले भने सन् १९९६ मा मुम्बईस्थित थुप्रै वेश्यालयबाट उद्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!