प्रहरीलाई ५० हजार घुस दिन खोज्ने महिला पक्राउ

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौं | प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् | 

काठमाडौंको टोखा नगरपालिका-५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार राति छापा मार्न पुगेको प्रहरीको टोलीलाई ५० हजार रुपैयाँ घुसदिन खोजेपछि गेष्ट हाउसकी सञ्चालक पक्राउ परेकी हुन् |४० वर्षीया सोममाया राईलगायत ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ | 

राईले अनुसन्धानमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई नगदसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!