अब टुटल र पठाओले यात्री बोक्न नपाउने

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौं । यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ ।

विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी भएको जानकारी गराउँदै कारबाही गर्ने बताएको हो । 

विभागको यस्तो सूचनाले निजी सवारीबाट भाडामा यात्रु बोक्दै आएका टुटुल र पठाओजस्ता कम्पनी प्रभावित हुने भएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रोतो नम्बरप्लेटका सवारीमा भाडामा यात्रु बोक्नु गैरकानूनी हो । यो समाचार आजको आर्थिक अभियानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!