काठमाडौंमा होटलका सुरक्षा गार्ड मृत भेटिए

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौं | काठमाडौँमा होटलका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् | काठमाडौँ महानगरपालिका १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको हो |

स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् |

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!