यस्तो छ मौसम पूर्वानुमान,कुन-कुन ठाउँमा हुदैछ हिमपात

Posted on: 12 Dec, 2019

मंसिर २६, काठमाडौँ | देशभरिको मौसम सामान्य देखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने भएको हो | महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

पूर्वानुमानका अनुसार देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भूभागमा सामान्य बदली हुनेछ | पश्चिम भेगका केहि स्थानहरुमा र  मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ |

पश्चिमि उच्च पहाडीसहित हिमाली भू–भागहरुमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ | त्यस्तै, पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!