पर्बतमा भिरबाट लडेर एक महिलाको मृत्यु

Posted on: 12 Dec, 2019

मङ्सिर २६, पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले  जनाएको छ । 

बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दाउरा बोकेर फर्किने बेला भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ । मृतक दर्जीको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!