नवलपरासीमा नेपाली सेना चढेको बस दुर्घटना

Posted on: 14 Dec, 2019

मङ्सिर २८, नवलपरासी | पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ  छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३०  सेना घाइते भएका छन् । 

ना ६ ख ४०४ नंको बस आफै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!