सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: ६ को सनाखत, मृत्यु हुनेको संख्या १५ पुग्यो

Posted on: 15 Dec, 2019

मंसिर २९,सिन्धुपाल्चोक | दोलखाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको छ | दुर्घटनामा १७ जना घाइते भएका छन् | जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने ६ जनाको मात्रै सनाखत भएको छ |

सिन्धुपालचोक जुगल गाउँपालिका-७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ,सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङ,दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ,सोही नगरपालिका-९ वर्ष २८ की मञ्जु तामाङ,रामेछापको उमाकुण्ड गाउँपालिका-५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ |

आइतबार बिहान बस सडकबाट करिब ५०० मिटर तल खसेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!