कोइला बालेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौं | कोठा न्यानो बनाउने भन्दै  मकल बालेर सुतेको अवस्थामा दुई जनाको मृत्यु भएको छ | काठमाडौँको कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले बताएका छन् |

प्रहरीका अनुसार अक्सिजनको अभावका कारण  निसास्सिएर मृत्यु भएको हो | उनको  वास्तविक  मृत्युको कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ | भेन्टिलेसन नभएको कोठामा कोइला बालेर सुतेका र बिहान श्रीमानले उठाउँदा नउठेको प्रहरीको भनाइ छ |

सुत्ने बेला  तावामा कोइला बालेर सुतेका  आमा-छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!