आजदेखि पुष २२ गते सम्मको मौसम यस्तो रहनेछ

Posted on: 05 Jan, 2020

पुष २०, काठमाडौं | आजदेखि देशभरको मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

आज राति देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मौषम बिभागले जनाए अनुसार शनिबारदेखि पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको छ । तराईको सबैजसो भागमा वर्षा रोकिएको छ । पहाडी भागमा पनि आइतबारदेखि मौसममा शनिबारभन्दा सुधार हुनेछ । 

बिभागका अनुसार भोली पुष २१  गते दिउँसो देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै भोलि राती देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै पुष २२  गते मंगलबारका दिन दिउँसो देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

मंगक्बार राती देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिभागले मौसम खुले पनि बिहान र बेलुका चिसो रही रहने हुनाले चिसोबाट जोगिन अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!