यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान,आज बर्षा र हिमपात हुँदै

Posted on: 09 Jan, 2020

पुस २४, काठमाडौँ | नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेकाले फेरी बर्षा र हिमपात सुरु भएको छ | देशका विभिन्न स्थानमा बदली संगै हिमपात र चिसो बढेको हो | हिमपातका कारण देशभरको जनजीवन  प्रभावित भएको छ |

देशका उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्नुहोस 

पौष २४ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  हिमपात हुने सम्भावना रहेको छ।

पौष २५ गते (शुक्रबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।

रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २६ गते (शनिबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!