२०७७ सालको दशैँ-तिहार एक महिना किन सर्यो ?

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौँ | नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार  २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर  सरेको छ | नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् |

आउँदो बर्षमा कात्तिक १ गते घटस्थापना परेको छ भने  फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको समितिले जनाएको छ |  तिहार कात्तिक २८ गतेदेखि सुरु हुने ,२८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको छ |

मलमास नपरेको  समयमा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ भने मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ | आउँदो वर्ष विवाहको साइत भने १५ दिन मात्रै छ | गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!