Breaking : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा उनको घर लगायत अन्य ४/५ वटा घरको शिशा फुटेको छ । घरमा पार्किङ गरेर राखिएको गाडीको शिसा फुटेको छ भने घरको गेटको एक भाग लडेको छ ।


बम विस्फोट बाट मानवीय क्षति नरहेको महानगरीय प्रहरी परिरस, काठमाडौंले जनाएको छ । प्रहरीले विस्फोट बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।ढकालको घरमा भएको बम विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!