कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? होस् गर्नुस् यस्तो छ भारतीय नेटवर्किङको ठगी धन्दा

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं । तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ! भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ ।

स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । यसरी ठगिएका युवायुवती सुरक्षाका डरले खुलेर बाहिर आउन सकेका छैनन् । रोजगारीको लोभ देखाएर भारतसम्म पु¥याउने काम नेपालीबाटै हुन्छ । 

उनीहरुले गाउँघरका सोझा र बेरोजगार युवायुवतीलाई कपडा कम्पनीमा लुगा मिलाउने काम दिने भन्दै भारत पु¥याएर अलपत्र पार्ने गरेका छन् । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवायुवतीलाई ठगिरहेको खुलासा भएको छ । यो समाचार आजको राजधानी दैनिकमा  एमके माझीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!