प्रहरीलाई गालि गरेको गायिका आस्था राउतको भिडियो भाइरल, मागिन माफी

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौँ | गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले नराम्रो व्यवहार गरेको आरोप लगाएकी छिन् | ‘उनले ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतलाई झापास्थित भद्रपुर विमानस्थलमा खटिएकी प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको उनले बताइन |


भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन | राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो सामाजिक संजालमा ‘भाइरल’ भइरहेको छ | 'विमानस्थलमा चेकजाँच गर्दा मेरो हातमा कफी थियो, लुगा छामेर चेक गर्नुस् न भन्दा खोल्... भनिन्,' राउतले फेसबुक लाइभमा भनिन्,'त्यही हो बोल्ने शैली, पुलिस हाम्रो साथी भन्ने नारा हटा...' 

उनले प्रहरी हाम्रो साथी भन्ने नारामा मात्रै सीमित रहेको समेत बताएकी छिन् | प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले पनि हेरेको भन्दै छानविन प्रक्रिया सुरु भइसकेको बताएका छन् | सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् | ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’ उनले भनिन |

भिडियो हेर्न यो लिंकमा क्लीक गर्नुहोस 

https://www.facebook.com/RanginNepal.S/videos/597474951035382/


यस बिषयमा तपाइको प्रतिक्रिया...!